• युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको, विधान, २०३१ (नवाै संशोधन सहित) को दफा १५ (क) मा कानूनी आधार रहेको ASPNet युनेस्को सदस्य राष्ट्रका विद्यालयहरूको विश्वव्यापी सञ्जाल हो ।
• युनेस्को सम्बद्ध विद्यालय परियोजना सञ्जाल युनेस्कोका आदर्श, उद्देश्य र लक्ष्यप्रति प्रतिबद्ध विद्यालय, शिक्षक तथा विद्यार्थीहरूको साझा सञ्जाल हो ।
• यस सञ्जालमा आवद्ध विद्यालयहरू युनेस्कोका आदर्श प्रति प्रतिबद्ध भई शान्ति र गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि कार्यरत छन ।
• विद्यालय र विद्यार्थीहरू मार्फत युनेस्कोका आदर्शहरूलाई समाजका सबै तह र तप्कामा पुयाई समझदारी, सहनशीलता, सहयोग र सहकार्यको प्रवर्द्धन गर्दै शान्ति र प्रगती सुनिश्चित गर्ने दिशामा यो सञ्जाल कार्यरत रहेको छ ।
• सन् १९५३ मा १५ देशका ३३ वटा विद्यालय आवद्ध भई शुरू भएको यस सञ्जालमा हाल विश्वका १८२ भन्दा बढी देशका ११,५०० भन्दा बढी विद्यालय आवद्ध छन् ।
• नेपालमा हाल ७४ विद्यालयहरू यसमा आवद्ध रहेका छन् ।