आयोगको कार्यकारिणी निकायको रुपमा निम्न बमोजिमको एक कार्यकारिणी समिति रहने व्यवस्था आयोगको विधानले गरेको छ।
क) आयोगको अध्यक्ष | – अध्यक्ष |
ख) आयोगको महासचिव | – उपाध्यक्ष |
ग) आयोगको सदस्यमा मनोनित उपकुलपतिहरुमध्ये अध्यक्षद्वारा मनोनित एकजना | – सदस्य |
घ) विषय समितिका संयोजकहरु | – सदस्य |
ङ) आयोगमा मनोनित शिक्षाविद्हरुमध्येबाट अध्यक्षद्वारा मनोनित दुइ जना | – सदस्य |
च) सहायक महासचिव | – सदस्य |
छ) सचिवालयको सचिव | – सचिव |