युनेस्कोको आदर्शहरु प्रति प्रतिबद्ध रही तिनको प्राप्तिका लागि समुदायमा आधारित कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्यले सम्बन्धित राष्ट्रको प्रचलित कानून अनुसार तोकिएको संस्थामा दर्ता भैै अनुमति प्राप्त मूनाफारहित रुपमा कार्य गर्ने गैरसरकारी संस्थालाई युनेस्को क्लब भनिन्छ । यस्ता क्लबहरूले युनेस्को क्लवहरुको महासङ्घको सदस्यता प्राप्त गर्न सक्ने छन् ।
आफ्नो छुट्टै विधानद्वारा व्यवस्थित र निर्देशित युनेस्को क्लबहरूले युनेस्को विषय क्षेत्रमा कार्य गर्दा युनेस्कोको निमित्त राष्ट्रिय आयोगलाई पूर्व जानकारी गराई कार्य गर्नु पर्दछ। क्लवले युनेस्कोको नाम, लोगो, एक्रोनेम, ईन्टरनेट डोमिन नेम प्रयोग गर्दा युनेस्कोको निमित्त राष्ट्रिय आयोगमार्फत युनेस्कोको अनुमती लिनु पर्नेछ । युनेस्कोको नाम, लोगो, एक्रोनेम, ईन्टरनेट डोमिन आदिको दुरुपयोग गर्ने क्लब र तिनको महासङ्घलाई युनेस्कोको निमित्त राष्ट्रिय आयोगले प्रचलित कानून बमोजिम कारवाही गर्ने छ ।
युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको विधान २०३१ (नवौ संशोधन, २०७९) को दफा १५ मा युनेस्को क्लबको व्यवस्था गरिएको छ ।